पराजुली समाज नेपालको बृहद् छलफल तथा अन्तक्रिया कार्यक्रम कोटेश्वरमा सम्पन्न

पराजुली समाज नेपाले आज मिति २०८१ साल चैत्र २ गते शनिवार केन्द्रीय कार्यालय कोटेश्वरमा बृहद् छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । समाजका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख दिवस पराजुलीको संयोजनमा आयोजित कार्यक्रममा प्रदेश प्रमुखहरु, जिल्ला संयोजकहरु, पुर्व पधाधिकारी एवं निवर्तमान पदाधिकारीको गरी ६० भन्दा पराजुली बन्धुहरुको उपस्थिति रहेको थियो । कार्यक्रमाका सभापतित्व समाजका अध्यक्ष विश्वम्भरकृष्ण पराजुलीले गर्नुभएको थियो भने विशेष अतिथिहरुमा पुर्व अध्यक्ष कुल प्रसाद पराजुली, पुर्व उपाध्यक्ष नवराज पराजुली, पुर्व उपाध्यक्ष केदार पराजुली, सल्लाहकार केशवप्रसाद पराजुली, बागमती प्रदेश अध्यक्ष राजन पराजुली, मधेस प्रदेश अध्यक्ष बलराम पराजुली, युवा समिति संयोजक भानुभक्त पराजुली, केन्द्रीय सचिव तुलसी प्रसाद पराजुली, सिन्धुपाल्चोक जिल्ला समन्वय समिति संयोजक उत्तम पराजुली, काठमाण्डौ जिल्ला संयोजक महेश पराजुली, काभ्रे जिल्ला सचिव कृष्ण पराजुली, भक्तपुर जिल्ला प्रतिनिधि मणिराम पराजुली, कौडिण्य महाँसंघका पुर्व सचिव पुरुषोत्तम पराजुली, केन्द्रीय सदस्य विशाल पराजुली, केन्द्रीय सदस्य राम बहादुर पराजुली, काभ्रेजिल्ला संयोजक हरी पराजुली, महिला उपाध्यक्ष अंजली उप्रेती पराजुली, ललितपुर जिल्ला संयोजक मुकुन्द प्रसाद पराजुली, समाजका महासचिव विष्णु प्रसाद पराजुली लगायतका विशेष अतिथिको उपस्थिति रहेको थियो भने बृहद् अन्तक्र्रियामा पदाधिकारी तथा समाजका आजीवन सदस्य तथा शुभचिन्तकहरुको विशेष उपस्थिति थियो जसमा केन्द्रीय सदस्य डोलराज पराजुली, श्याम पराजुली, रुक्सा पराजुली, अन्जली उप्रेती पराजुली, विष्णु तिमल्सिना पराजुली, पुन्य प्रसाद पराजुली, भेषराज पराजुली, नारायण पराजुली, बागमती प्रदेश सचिव शिशिर पराजुली, धुर्व पराजुली, जोगेन्द्र प्रसाद पराजुली, राम प्रसाद पराजुली, केन्द्रीय सदस्य राममणि पराजुली, युवा समिति सचिव केशव पराजुली, साहरी पराजुली, प्रविन पराजुली, भानु पराजुली, हरिप्रसाद पराजुली, राजन पराजुली, नवीन पराजुली, खुसी पराजुली, कृष्ण प्रसाद पराजुली, अमृता पराजुली, मछिन्द्र पराजुली, कृष्ण प्रसाद पराजुली, क्रान्ति पराजुली लगायतका बन्धुबान्धवहरुको विशेष उपस्थिति रहेको थियो ।
अन्तक्रिया तथा छलफल समाजको संगठन विभागलाई कसरी प्रभावकारी रुपमा विकास गर्न सकिन्छ र सदस्यताको दायरा कसरी फराकिलो बनाउन सकिन्छ भन्ने बिषयमा केन्द्रीत रहेको थियो भने संस्थाको विधान संसोधनको मस्यौदामाथि बिचार विमर्स भएको थियो, समाजले हरेक बर्ष प्रकाषन गर्ने पराजुली सन्देस स्मारिकाको लागि आवश्यक लेख रचना, शुभकामना विज्ञापन तथा जानकारीहरु समेत संकलन गर्नलाई आग्रह गरिएको थियो भने समाजलाई कसरी नमुना समाज बनाउन सकिन्छ भनेर बक्ताहरुले महत्वपूर्ण सुझाव पेश गरेका थिए ।
कार्यक्रम संयोजकको रुपमा स्वागत मन्तब्य दिनुहुदै उपाध्यक्ष दिवस पराजुलीले समाजलाई नमुना समाज बनाउनका लागि संगठन विस्तार आक्रामक रुपमा विस्तार गर्नुपर्ने, हालसम्म रहेका १३०० आजीवन सदस्यहरु बढाएर कम्तीमा १०,००० आजीवन सदस्यहरु तयार पार्नुपर्ने, साधारण सदस्यलाई भोटिग अधिकार तथा पदाधिकारी अधिकार प्रदान गरिनुपर्ने, विधानलाई परिमार्जन गर्दै संगठनलाई सहजर र बलियो बनाउनुपर्ने लगायतका विषयमा आफ्नो बिचार राख्दै स्वागत गर्नुभएको थियो । त्यस्तै बागमती प्रदेश संयोजक राजन पराजुलीले भक्तपुरको दधिकोटमा निर्माण हुने समाजको भवनका लागि रु १,५०,००० सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो, मधेस प्रदेश महासचिव बलराम पराजुलीले मधेस प्रदेशका ८ वटै जिल्लामा निकट भविष्यमा संगठन विस्तार भइसक्ने प्रतिवद्धता जनाउनु भयो । सिन्धुपाल्चोक संयोजक उक्तम पराजुलीले जिल्ला समन्वय समितिको कार्यालय खाडीचौरमा संचालन गरिने र सदस्यको तथ्यांक संकलन गरी जिल्ला बंसावली तयार पारिने जानकारी गराउनु भयो । युवा समिति सचिव केशव पराजुलीले अद्यावधिक सहित तथ्यांक संकलनमा लाग्न अनुरोध गर्दै युवालाई दिएको जिम्वेवारी पूरा गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । पुर्व उपाध्यक्ष केदार पराजुलीले महत्वपूर्ण सुझाव पेश गर्नुभयो जसमा कार्यलयलाई प्रभावकारी बनाउन कार्यालय सचिव राख्न सकिने, पराजुली रहनुभएको स्थानको लोकेसन म्याप बनाएर वेवसाईटमा अद्यावधिक गर्नुपर्ने, उमेरगत क्षेत्रगत आधारमा पराजुली समाजको जनगणना गरेर तथ्यांक सार्वजानिक गरिनुपर्ने, समाजको ब्यवसायिक बर्गहरुको सूची तयार पारी तथ्यांकलाई डिजिटल गरिनुपर्ने, सुझाव संकलन फर्म अनलाईमा विकास गरिनुपर्ने, भवन निर्माण संगै त्यसको उपयोगिता र प्रभावकारिताको बिषयमा समेत योजना तयार पार्नुपर्ने लगायतका सुझाव पेश गर्नु भएको थियो त्यस्तै केस विशाल पराजुलीले समाजमा हिलो छ्याप्ने प्रबृक्ति अन्त्य गरी सहयोग सद्भाव र उत्प्रेरणा विकास हुने सोच विचार र कर्ममा लाग्न आग्रह गर्नुभयो केन्द्रीय सदस्य राम बहादुर पराजुलीले समाजमा लिनभन्दा पनि दिन आउने सोचले सेवामा लाग्न आग्रह गर्नुभयो भने सबै जिल्लाको तथ्य तथ्यांक, अद्यावधिक, ७ वटै प्रदेशको समितिको जानकारी, सल्लाहकार समितिको जानकारी, प्रदेश जिल्ला र नगरले गरेका काम गतिविधिलाई संकलन र सम्पादन गरी प्रकाशन गर्नुपर्ने विचार ब्यक्त गर्नुभएको थियो । ललितपुर जिल्ला संयोजक मुकुन्द प्रसाद पराजुलीले जिल्लाका सबै पालिकाहरुलाई समेटेर समितिलाई पूर्णता दिने प्रतिवद्धता ब्यक्त गर्नुभयो । त्यस्तै काभ्रे जिल्ला सल्लाहकार एवं भुँडीपुराण प्रकाशनका अध्यक्ष केशव प्रसाद पराजुलीले केन्द्रीय समितिलाई सच्चिएर समाजको विकासमा लाग्न तथा देखिने गरीका प्रभावकारी कार्यक्रमहरु प्रस्तुत गर्न सचेत गराउनु भयो भने कुरा कम र काम बढी गर्नलाई सुझाव समेत प्रदान गर्नुभयो । निवर्तमान उपाध्यक्ष नवराज पराजुलीले विधानत मतदान अधिकार सहितको पदाधिकारी हुन पाउने प्रावधानलाई कायम राखी संगठनलाई जिवन्त बनाउनुपर्नेमा जोड दिनु भयो ।
उठेका जिज्ञासा र कार्यक्रमको बिषयमा प्रकाश पार्दै समाजका महासचिव विष्णु पराजुलीले समाजले प्रतिवद्धता पत्र जारी गरी सकेको र सो अनुसार जिम्वेवारी सबै पदाधिकारीले बहन गर्ने, छात्रबृत्ति कार्यक्रम लागु गरिने, कोशी प्रदेश अधिवेसन सम्पन्न भएको, गण्डकी प्रदेश अधिवेसन सम्पन्न, मधेस प्रदेश अधिवेसन सम्पन्न, आजीवन सदस्यता विकासमा महत्वपूर्ण उपलब्धी, भक्तपुरको दधीकोटमा ४ आनाको जग्गा ग्रहण गर्ने कार्य, देउसी भैलो कार्यक्रम सम्पन्न, भक्तपुरको घ्याम्पेडांडामा महत्वपूर्ण पिकनिक कार्यक्रम सम्पन्न यसबर्षका महत्वपूर्ण उपलब्धीहरु रहेको जानकारी गराउँदै पराजुली सन्देशको प्रकाशनका लागि सबै बन्धुहरुलाई लेख रचना, फोटो गतिविधि, समाचार लगायतका महत्वपूर्ण जानकारी उपलब्ध गराउन आग्रह समेत गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा अध्यक्षको हैसियतमा सम्वोधन गर्दै अध्यक्ष विश्वम्भरकृष्ण पराजुलीले आफुले भक्तपुरको दधिकोटमा ४ आना जग्गा समाजका नाममा दान दिएको र समाजले जतिसक्दो चाँडो प्रक्रिया अगाढि बढाउन अनुरोध समेत गर्नुभयो । हाललाई बिगत ८ बर्षदेखी समाजको कार्यलय प्रयोजनको लागि स्थान उपलब्ध गराइरहेको जानकारी गराउनु भयो भने भवन निर्माणका लागि सबैलाई अनुरोध समेत गर्नुभयो । समाजले आफ्नो झण्डा प्रकाशन गर्ने र बन्धुगान समेत तयार पारी औपचारिक कार्यक्रममा सबैले गाउने मीठो र सटिक गीत तयार पार्न समेत अनुरोध गर्नुभयो भने सबै बन्धुहरुलाई समाज सहयोग र सद्भाव विकास गर्ने थलो भएको कारणले सहयोगी मनका साथ आउन र सालिन र भद्र भएर सकारात्मक सोचका साथ सेवा गर्दै प्रस्तुत हुन आग्रह गर्दै सबै उपस्थित बन्धुहरुलाई उपस्थितिको लागि आभार तथा धन्यवाद ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन समाजका केन्द्रीय सचिव द्रोण पराजुली गर्दै सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै देशैभरिका पराजुली समाजको तथ्यांकलाई वेवसाईटमा गएर पेश गर्न आग्रह गर्नुका साथै समाजलाई सहयोगी र आत्मीय मनहरुको केन्द्रबनाउन आग्रह गर्नुभएको थियो । संगठन विभाग प्रमुख दिवस पराजुली १ लाख सदस्य विस्तारको लक्ष्यका साथ आफ्नो जिम्वेवारी सम्हाल्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *