सच्चिदानन्दका नाति र रामाचार्यका छोरा जम्मा ५ जना थिए । यिनीहरू सबै वेदशास्त्र, तर्कशास्त्र, ( कर्मकाण्ड र धर्मशास्त्रमा निपुण थिए । जुम्लाका आज राजाले यिनीहरू सबैलाई प्रशस्त सम्पत्तिका साथ चार्य मानपदवी दिई इज्जतका साथ आफ्नो राज्यमा ने राखेका थिए । त्यस बखत यस्ता पुरुषार्थी सुपुत्र भएकोमा भगवान्लाई समेत अचम्म लागेको देखिएको थियो भने मानिसहरूलाई किन अचम्म नलागोस् रु डोटीका राजा बहादुर सिंहले आचार्यहरूको बुद्धिको पराकाष्ठा, पराक्रम र अलौकिक शक्ति भएको सुनेर जुम्लामा आई रामाचार्यका माहिला सुपुत्र विष्णु आचार्यलाई मागेर आफ्ना साथमा डोटी राज्यमा लगेर बडो सम्मान र इज्जत दिएर राखे। विष्णु आचार्यलाई जुम्लाका राजाको घरदेखि पर लगिएकाले उनी र उनको वंशलाई पराजुली भन्ने उपनामबाट सम्बोधन गरिन थालिएकाले उनीहरू पराजुली बन्न पुगेको देखिन्छ । यसरी रामाचार्यका माहिला सुपुत्रको वंश पराजुली बनेको स्पष्ट हुन्छ ।