पराजुली बन्धुहरूलाई सादर आह्वान्
पराजुली समाज नेपाल पराजुलीहरूको साझा सामाजिक संस्था हो । २०५७ साल फागुन २० देखि २८ गतेसम्म चितवनको देवघाटमा पराजुली बन्धुहरूको सामुहिक प्रयासबाट आयोजित श्रीमद्भागवत ज्ञानमहायज्ञका अवसरमा फागुन २६ गतेको बन्धु वैठक निर्णय अनुसार गठित यो समाज संस्थादर्ता ऐन—२०३४अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौको दर्ता नं.८८८। ०५७ मा दर्ता भएर सञ्चालन हुँदै आएको बन्धुहरूलाई स्मरण गराउन चाहन्छु । बन्धुहरूको भौतिक तथा भावनात्मक सहयोगले विभिन्न सामाजिक गतिविधिसाथ अघि बढिरहेको यो समाजले बीसवर्ष पार गर्न लागेको जानकारी बन्धुहरुलाई दिन पाएकोमा खुसी व्यक्त गर्दै प्राप्त सहयोगप्रति बन्धुहरूलाई केन्द्रीय समितिको तर्फबाट आभारपूर्वक धन्यवाद ज्ञापन गर्दछु ।
नेपाल र नेपालबाहिर रहेका पराजुलीहरूवीच आपसी सम्पर्क,सहयोग,सद्भाव एवं समझदारीको अभिवृद्घि गर्ने लगायत समाजको विधानले परिलक्षित गरेका उद्देश्य पूर्ति गर्ने प्रयाससाथ पराजुली अक्षयकोषसमेत स्थापना गरी कार्यान्वयनमा रहेको यो समाजलाई अझ गतिशील बनाउन केन्द्रीय कार्यसमितिले २०७७ माघ १ गतेबाट धभदकष्तभ सञ्चालन गरेको छ । पराजुली समाज र बन्धुहरूका रचना–सिर्जनामूलक सकारात्मक गतिविधि बन्धुहरूलाई जानकारी दिई यो समाजलाई अघि बढाउँदै जाने उद्देश्यले यो प्रविधि सञ्चालनमा ल्याइएको छ । यस अभियानलाई प्रभावकारी बनाउन बन्धुहरूका सामुहिक सेवामूलक÷सामाजिक गतिविधि एवं सूचना नियमित रुपमा समाजका केन्द्रीय महासचिवले पाउने गरी पठाउन र यो कार्यक्रमको सफलताका लागि आवश्यक सुझाव,सल्लाह र सहयोग गर्नसमेत यस समाजका सबै निकाय र पराजुली बन्धुहरूलाई आह्वान् गर्दछु ।
कुलप्रसाद पराजुली
मिति २०७७ माघ १ केन्द्रीय अध्यक्ष
