देश तथा विदेशमा रहनुभएका पराजुली समुदायलाई संगठित गर्दै, सामुहिक हित तथा एकताका लागि कार्य गर्ने उद्धेश्यले पराजुली समाजको स्थापना भएको हो । यो समाज विं सं २०५७ सालमा सम्पन्न देवघाटको महायज्ञपछि संगठित भएर आजको कार्यसमितिसम्म आइपुगेको छ । ३५ जिल्लामा समाजका जिल्ला कार्यसमितिहरु पनि संगठित भइसकेका छन् । सम्पुर्ण पराजुलीलई एककृत गरि पराजुलीको हितको लागि खोलिएको संथा हो । १००० भन्दा बढि सदस्यता लिएको समाज विभिन्न सामाजिक कार्य गर्दै अघि बढिरहेको छ ।
विभिन्न क्षेत्रम उल्लेखनिय कार्य गर्नुहुने बन्धुलाई सम्मन गरि हौसला प्रधान गर्ने, जिल्लागत रुपमा संगठन गर्ने, पराजुली बन्धुले गर्ने समारोह,धार्मिक,सांस्कृतिक कार्यमा सहभागि हुने, विभिन्न सामाजिक कार्य गर्ने, पराजुलिको सांस्कृतिक तथा धार्मिक इतिहासलाइ बचाइराख्ने हाम्रो प्रमुख उद्देश्य हो ।