निर्णय कार्यान्वयन तथा समाजको २५औं स्थापना दिवस भव्यताका साथ मनाउने सूचना

श्री अध्यक्षज्यू कोशी प्रदेश समिति, वागमती प्रदेश समिति, लुम्बिनी प्रदेश समिति, गण्डकी प्रदेश समिति, मधेश प्रदेश समिति ।

विषयः निर्णय कार्यान्वयन तथा समाजको २५औं स्थापना दिवस भव्यताका साथ मनाउने बारे ।

प्रस्तुत विषयमा यस पराजुली समाज नेपालको केन्द्रीय कार्यसमिति सचिवालयको बैठकले निम्न लिखित निर्णयहरु गरेका व्यहोरा अनुरोध गर्दै आफु मातहतका जिल्ला तथा नगर समन्वय समितिहरुमार्फत सोही अनुसार गर्न गराउनु हुन सम्पुर्ण प्रदेश समन्वय समितहरुलाई निर्णयानुसार हार्दिक अनुरोध गरिन्छ ।

क) यही मिति २०८२ चैत्र २६ गते पर्ने समाजको २५औं (रजत महोत्सव) स्थापना दिवसको अवसर पारेर विविध कार्यक्रमहरु जस्तै रक्तदान, सांस्कृतिक कार्यक्रम, दीप प्रज्वलन, सरसफाइ, स्वास्थ्य शिविर आदि आयोजना गर्ने ।

ख) सम्बन्धित समन्वय समितहरुले आफु अनुकुल हुने गरी कार्यक्रम र कार्यक्रम आयोजना हुने मिति (स्थापना दिवसको १ हप्ताभन्दा अघि पछि नहुने गरी) चयन गर्न सकिनेछ । कार्यक्रम र मिति तय भए पश्चात Website मा अपडेट गर्ने प्रयोजनका लागि केन्द्रीय कार्य समितिमा पठाउनु हुन, साथै कार्यक्रम आयोजना पश्चात सो को फोटो तथा विवरण समेत पठाउनु हुन अनुरोध गर्ने ।

ग) यस वर्षको भित्ते पात्र रुपन्देही जिल्ला समन्वय समितिले प्रकाशन गर्नलागेको हुँदा आ आफ्नो व्यपार, व्यवसाय, शुभकामना सन्देश आदि उपलब्ध गराई सहयोग गर्न अनुरोध गर्ने ।

सहयोगका लागि धन्यवाद सहित,

केन्द्रीय कार्यसमितिको आज्ञाले,

विष्णु प्रसाद पराजुली महासचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *