पराजुली बिपद् कोषको स्थापनार्थ पराजुली समाज नेपालको २०८१ देउसी भैलो कार्यक्रम सम्पन्न

कोटेश्वर, २०८१ कार्तिक १६ शुक्रवार,
पराजुली समाज नेपाल ले २०८१ को देउसी भैलो तथा बृहद् सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । बन्धुबान्धवमा भाईचारा विकास गर्नका सार्थ दुखी पिडित पराजुलीबन्धुको सहयोगार्थ अक्षय कोष स्थापना गर्ने उद्धेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रम कार्तिक १६ गते विहान ११ बजेबाट बेलुकी ५ बजे सम्म सञ्चालन भएको थियो । पराजुली समाज नेपाल केन्द्रीय कार्यसमितिका अध्यक्ष विश्वम्भरकृष्ण पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई समाजका महासचिव बिष्णु पराजुलीले गर्नुभएको थियो । समाजका उपाध्यक्ष दिवस पराजुलीेले स्वागत मन्तब्य दिनुहुदै समाजलाई नमुना समाज निर्माण गर्नका लागि अभियानको शुरुआत भईसकेको जानकारी दिनुहुदै ८ लाख पराजुलीलाई एउटै सुत्र भित्र बाध्नका लागि संगठन विभागको तर्फबाट विशेष पहलकदमी लिने जानकारी गराउँदै सम्पूर्ण बन्धुबान्धव तथा अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको समुद्घाटन समाजका अध्यक्ष विश्वम्भरकृष्ण पराजुलीले दिप प्रज्वलनका साथ गर्नुभएको थियो भने राष्टिय गान सगै आना, शन्मी, अमृत तथा सम्मता पराजुलीको स्वागत नृत्यले अथितिलाई विशेष स्वागत गरेको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता संविधान सभा सदस्य शोभाकर पराजुलीले गर्नुभएको थियो भने अतिथिहरुमा बरिष्ठ गायक एवं संगीतका गणेश पराजुली, पुर्व उपाध्यक्ष शिव प्रसाद पराजुली, डा. दिनेश पराजुली, बागमती प्रदेश अध्यक्ष राजन पराजुली, काभ्रे जिल्ला समिति अध्यक्ष राजाराम पराजुली, सिन्धुपाल्चोक जिल्ला समिति अध्यक्ष पुण्य प्रसाद पराजुली (उत्तम) लगायतले कार्यक्रममा शुभकामना मन्तब्य दिनुभएको थियो । यस प्रकारका सांस्कृतिक कार्यक्रमले एकातिर बन्धुबान्धवहरुलाई एउटै मालाभित्र जोड्ने र अर्कोतिर समाजको उन्नयन र विकासका लागि योगदान पुग्ने भएकोले काम ब्यवसाय र ब्यवस्तालाई ब्यवस्थापन गरेर सामाजिक कार्यमा जोडिदै समाजको विकासमा लाग्नु तर्कसंगत रहेको कुरामा सबै अतिथि र बक्ताहरुको जोड रहेको थियो । कार्यक्रममा सचिव तुलसी पराजुली, केन्द्रीय सहकोषाध्यक्ष राममणि पराजुली, युवा समिति संयोजक जीवन पराजुली भानु, प्रदेश पदाधिकारी, युवा समिति पदाधिकारी, बुहारी समितिका पदाधिकारी लगायत अधिकांस बन्धुबान्धवहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बरिष्ठ कलाकार गणेश पराजुलीको विशेष सांस्कृतिक गायन, केन्द्रीय सदस्य क्रान्ति पराजुलीको नृत्य, कलाकार विश्वास पराजुलीको विशेष नृत्य, अभिलाशा पराजुली, सान्भी पौडेल लगायतका कलाकारको प्रस्तुति रहेको थियो भने देउसी बाचन तथा आशीर्बाद ज्ञापन समाजका सचिव द्रोण पराजुली गर्नु भएको थियो । पराजुली समाज नेपालले ५ लाख को अक्षय कोष स्थापना गर्ने सोचका साथ कार्यक्रम आयोजना गरिएको समाजका महासचिव बिष्णु प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रमलाई अध्यक्षको तर्फबाट सम्वोधन गर्नुहुदै विश्वम्भरकृष्ण पराजुलीले समाजले यहि बर्ष २०८१ भित्र बन्धु झण्डा, बन्धु गान र बन्धु भवन निर्माणको परियोजना शुरुआत गर्ने र देशब्यापी अभियानमा हातेमालो गरेर अगाडि बढ्नुका साथै पराजुली समाजलाई नमुना समाजको रुपमा विकास गर्ने उद्घोष समेत गर्नुहुँदै कार्यक्रम समापन गरियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *