पराजुली समाज नेपालले आज मिति २०८० साल माघ ६ गते तदनुसार इश्वी संवत् २०२४ जनवरी २० तारिकका दिन पराजुलीहरुको उद्गम स्थल एवं ८० प्रतिशत पराजुली बसोबास गरेको स्थान काभ्रे जिल्ला मन्डन देउपुर नगरपालिका वडा नं १२ ज्याम्दीमा गई ३०० भन्दा बढी पराजुली बन्धुबान्धवहरुका बीच बनभोज तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । पराजुली समाज नेपाल केन्द्रीय कार्यसमिति तथा पसने युवा केन्द्रीय कार्यसमतिको आयोजनामा संचालन भएको दिवा बनभोज तथा अन्तक्रिया कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका काठमाडौँ क्षेत्र नं ७ वाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश पराजुली, नेपाली काँग्रेस पार्टी कार्यलयका पुर्व मुख्य सचिव डा. शोभाकर पराजुली, संयुक्त राष्ट्र संघका पुर्व निर्देशक विश्वबिजय पराजुली, मन्डन देउपुर नगरपालिका वडा नं १२ का वडाध्यक्ष कुमार पराजुली लगायतका विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम बोल्नु हुने बक्ताहरुले समाजलाई एकता भाइचारा, बन्धुत्वको विकास गर्न अझै सबै करिव विश्वभरिका १० लाख पराजुलीहरु एकबद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रमलाई समाजका कोशाध्यक्ष सीता पराजुलीले स्वागत गर्नुभएको थियो भने युवा समिति संयोजक दिवस पराजुलीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्दै पराजुली समाज नेपालका अध्यक्ष विश्वम्भरकृष्ण पराजुली ले चाँडै पराजुली समाजको केन्द्रीय भवन उत्तरगया कागेश्वरी मनोहरा नगरपालिकामा निर्माण गर्न डिपिआर तयार भइसकेको जानकारी गराउनु भयो भने कार्यक्रमको संचालन समाजका महासचिव जयराम पराजुली ले गर्नुभएको थियो ।
यसरी हरेक बर्ष पराजुली समाज नेपालले सबै बन्धुलाई आपसी सद्भावमा जोड्न यस प्रकारको बन्धुमिलन कार्यक्रम आयोजना गर्नका लागि उच्च् सक्रियता केन्द्रीय युवा समितिले लिने प्रतिवद्धता युवासमितिका सचिव विष्णु पराजुलीले जनाउनु भयो ।
