पराजुली समाज नेपाल, झापा जिल्ला कार्य समितिको आयोजनामा एक दिवसीय क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम कार्यक्रम संचालन हुने

सुखदुखको साथी, बन्धु एकतानै सबैभन्दा माथि भन्ने मूख्य लक्ष्यलाई सिरोपर गरी पराजुली समाज नेपाल, झापा जिल्ला कार्य समितिको आयोजनामा एक दिवसीय क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम कार्यक्रम संचालन हुने भएको छ । मिति २०८१ भाद्र १ गते आयोजना हुने कार्यक्रमको सहआयोजन चाहना क्याटरिगं एण्ड टेन्ट हाउस तथा लाइमलाईट एजुकेसन एण्ड भिजा सर्भिसले गरेको छ । झापा माइधार स्थित कोटीहोम हलमा संचालन हुने तालिम कार्यक्रमबाट पराजुली बन्धहरुको ब्यक्तित्व तथा क्षमता विकासमा ठोस रुपमा विकास हुनगई समाजको बृद्धि एवं विकासका साथै आन्तरिक इच्छाशक्ति तथा उत्प्रेरणाको जागरण हुने विश्वासका साथ कार्यक्रमको आयोजना गरिएकोहो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *