मिति २०८१ बैसाख ८ गते काठमाण्डौ गौशाला स्थित माधवराज सुमार्गी भवनमा समाजको सातौँ महाधिवेसन भब्यताका साथ सम्मन्न भएको छ । समाजका जिल्ला प्रतिनिधि, प्रदेश प्रतिनिधि, केन्द्रीय प्रतिनिधि, युवा समितिका प्रतिनिधिको उपस्थितिमा आयोजित कार्यक्रमको सभाध्यक्ष समाजका अध्यक्ष विश्वम्भरकृष्ण पराजुलीले गर्न भएको थियो । प्रमुख अतिथिमा अनन्त विभूसित श्रीमुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज श्री मुक्तिनाथबाबा, विशेष अतिथि डा. गोविन्द टन्डन, अतिथि कौडिन्य महासंघका अध्यक्ष बाबुराम आचार्य, अथिथि पुर्व प्रधानन्याधीस गोपाल प्रसाद पराजुली, अतिथि समाजका निवर्तमान अध्यक्ष कुल प्रसाद पराजुली, अतिथि सल्लाहकार हरि प्रसाद पराजुली, अतिथि सल्लाहकार तीर्थराज पराजुली, कोशी प्रदेश अध्क्ष, मधेस प्रदेश अध्यक्ष, बागमती प्रदेश अध्यक्ष, लुम्विनी प्रदेश अध्यक्ष, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय युवा समितिका संयोजक तथा पदाधिकारी र सदस्यहरु, लेखा परिक्षक महेश पराजुली, समाजका पुर्व पदाधिकारी तथा सदस्यहरु, महानगर, गाउँ तथा वडा समितिका प्रमुख तथा पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य युवा समितिका निवर्तमान सचिव तथा सल्लाहकार समिति सदस्य विष्णु प्रसाद पराजुलीले गर्नु भएको थियो भने कार्यक्रमको उद्घाटन राष्टिय गान, मौन धारण गर्दै ७ वटा मैनबत्ती बालेर गरिएको थियो । कार्यक्रममा विभिन्न समितिमा रहेर समाजलाई विशेष योगदान दिनुभएको महानुभावहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।कार्यक्रमका कोषाध्यक्षको प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, महासचिवको प्रतिवदेन पेश तथा पारित भएका थिए भने अध्यक्षको तर्फबाट आगामी भावी योजना तथा समाजको विकासको लागि कार्यपत्र समेत पेश गरिएको थियो ।
दोस्रो सत्रमा निर्वाचन समितिको गठन गरिएको थियो भने समितिमा रामेश्वर पराजुली, भगवान पराजुली, शिक्षित पराजुली रहेको ३ सदस्यीय समिति ले आफ्नो आचार संहिता भित्र रहेर १७ सदस्यीय कार्यसमितिलाई निर्वाचित गराउन सहजीकरण गर्न सफल भएको छ । आगामी ३ बर्षको कार्यअवधिका लागि निम्नानुसारको कार्यसमिति निर्वाचित भएको छ ।
अध्यक्ष विश्वम्भरकृष्ण पराजुली
बरिष्ठ उपाध्यक्ष ः इश्वरी पराजुली
महिला उपाध्यक्ष ः डा। भद्रा पराजुली भण्डारी
उपाध्यक्षः दुर्गा पराजुली
उपाध्यक्ष भानुभक्त शर्मा पराजुली
उपाध्यक्ष दिवस पराजुली
महासचिव ः बिष्णु प्रसाद पराजुली
सचिवः द्रोण पराजुली
सचिव ः तुलसी पराजुली
कोषाध्यक्ष ः सीता पराजुली
सदस्यः दिपेन्द्र पराजुली
सदस्य ः राममणि पराजुली
सदस्यः ऋषिराम पराजुली
सदस्यः डोलराज पराजुरी
सदस्यः राम ब। पराजुली
सदस्यः काँशीनाथ पराजुली
सदस्यः विशाल पराजुली
सदस्यः मेघराज पराजुली
सदस्यः टिकाराम पराजुली

