पराजुली समाज नेपालको आयोजनामा बृहद् सांस्कृतिक कार्यक्रम तथा देउसी भैलो कार्यक्रम संचालन हुने

काठमाण्डौ, कोटेश्वर – पराजुली समाज नेपाल, केन्द्रीय कार्यसमितिको आयोजनामा आगामी कार्तिक १६ गते शुक्रबार विहान ११ बजेबाट बृहद् सांस्कृतिक कार्यक्रम तथा देउसी भैली कार्यक्रमको आयोजना हुने भएको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू, समाजसेवी, संस्कृतिप्रेमी, र स्थानीय समाजका प्रतिनिधिहरूको बृहद् उपस्थिति रहने अपेक्षा गरिएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य नेपाली संस्कृति तथा परम्परालाई संरक्षण गर्दै, समाजमा एकता र भाइचाराको भावना प्रवर्द्धन गर्नु रहेको छ।

देउसी भैली कार्यक्रमका क्रममा विभिन्न सांस्कृतिक नृत्य, गीतसंगीत, तथा परम्परागत प्रस्तुतिहरू समावेश गरिनेछ। यस अवसरमा नेपालका विभिन्न क्षेत्रका कलाकारहरूले आफ्नो कला प्रदर्शन गर्ने छन्। साथै, समाजको गतिविधिबारे जानकारी दिन र आगामी योजना प्रस्तुत गर्ने अवसर पनि कार्यक्रममार्फत् उपलब्ध गराइनेछ।

आयोजकले सम्पूर्ण पराजुली समाजका सदस्यहरू तथा अन्य शुभचिन्तकहरूलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *